सोनाम ल्होसार सांस्कृतिक धरोहर हो : उपराष्ट्रपति

काठमाडौँ, १७ माघ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले नेपाली सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबुत बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । सोनाम ल्होसारको उपलक्ष्यमा आज शुभकामना व्यक्त गर्दै उनले सांस्कृतिक धरोहरका रूपमा रहेको यस पर्वलाई सम्पूर्ण नेपालीको पहिचान र आत्मसम्मानको प्रतीकका रूपमा मनाउन सक्नुपर्ने उल्लेख गरे  । उपराष्ट्रपति यादवले…