२२ प्रतिशत ज्येष्ठ नागरिकमा एक्लोपनको गम्भीर समस्या

काठमाडौँ, १७ असोज । पछिल्लो समय ज्येष्ठ नागरिकहरूमा एक्लोपनको सिकार बढ्दै गइरहेको एक अध्ययनले देखाएको छ । काठमाडौं महानगरपालिकाले ‘ज्येष्ठ नागरिकहरूको मानसिक स्वास्थ्यका लागि महानगरपालिकाको जिम्मेवारी’ विषयमा गरेको अध्ययनले उक्त निष्कर्ष निकालेको हो । अध्ययनमा छोराछोरी विदेश पठाउने २१.७ प्रतिशत ज्येष्ठ नागरिकहरूमा भावनात्मक एक्लोपनाको गम्भीर समस्याले सताएको देखिएको छ । यसैगरी अध्ययनमा ६३.३ प्रतिशतमा मध्यम र १५ प्रतिशतमा…