सीआईबी प्रमुख ज्ञवालीमाथि छानबिन

काठमाडौँ, १६ साउन । सीआईबी प्रमुख भएका श्याम ज्ञवालीले आफ्नो पद मात्र होइन, प्रहरी शक्तिको दुरुपयोग गरेको भन्दै संगठनभित्रै छानबिन भएको छ । भविष्यमा प्रहरी अधिकारीको हैसियत गैरव्यावसायिक उद्देश्यका लागि दुरुपयोग हुन सक्ने सम्भावनालाई निरुत्साहित गर्न ज्ञवालीमाथि कारबाही गर्ने सरकारको तयारी छ । ज्ञवालीले अनुसन्धानमा बदनियत राखेको भन्दै प्रहरी प्रधान कार्यालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) टेकप्रसाद राईको नेतृत्वमा छानबिन…