नेपाल–चीन सचिवस्तरीय बैठक बस्दै

काठमाडौँ, १० असार । नेपाल–चीन सचिवस्तरीय कूटनीतिक परामर्श संयन्त्रको १६ औं बैठक मंगलबार काठमाडौँमा हुने भएको छ । आपसी सहयोग, व्यापार, सीमा व्यवस्थापन तथा दुई देशबीचका सम्झौताबारे बैठकमा छलफल हुनेछ । बैठकमा नेपालको तर्फबाट परराष्ट्र सचिव सेवा लम्सालले नेतृत्व गर्नेछिन् भने चिनियाँ पक्षबाट विदेश मन्त्रालयका उपविदेशमन्त्री सुन वेइडोङले नेतृत्व गर्नेछन् । उनी सोमबार नेपाल आउँदै छन् । उपविदेशमन्त्री सुनले…