नयाँदिल्ली, २९ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालप्रति भारतको विश्वास बढेको आफूले महसुस गरेको बताएका छन् । नेपालको आन्तरिक राजनीतिक समीकरणमा फेरबदल भए पनि भारत आफूसँगको सम्बन्धमा फरक नआउने विश्वासमा देखिन थालेको दाहालको भनाइ छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुन आएका उनले सोमबार बिहान नयाँदिल्लीमा नेपाली पत्रकारसँग कुरा गर्दै उक्त धारणा राखेका हुन् ।…