काठमाडौँ, १४ जेठ । नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले यसै साता हुन लागेको चीन भ्रमण रद्द गरेका छन् । राजनीतिक दलका नेताहरुमध्ये विदेश यात्रामा बढी यात्रा गर्न रुचाउने आरोप खेपेका अध्यक्ष नेपालको भ्रमण तयारी पुरा भएपनि अन्ततः चीन यात्रा नगर्ने भएका हुन् । आगामी विहीबारदेखि चीन सरकारको निम्तोमा सुचवान प्रान्तको राजधानी…