काठमाडौँ, ५ जेठ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा ठगिएका नेपालीहरूको समस्या समाधानमा लाग्न सरकारसँग आग्रह गरेका छन् । आज काठमाडौँमा आयोजित नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएसनको १२ औँ साधारण सभालाई सम्बोधन गर्दै उनले नेपालमा वैदेशिक रोजगारी महत्त्वपूर्ण रहेको बताए । उनले विदेशमा रोजगार गर्न जाने कुरा र त्यहाँ श्रमिकहरूले…