काठमाडौँ, ७ वैशाख । नेकपा (एकीकृत समाजवादी)ले केन्द्रीय कमिटीको बैठक बोलाएको छ । बुधबार सम्पन्न पार्टीको सचिवालय बैठकले आगामी दशौँ राष्ट्रिय महाधिवेशनबारे छलफल गर्न केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो । पार्टीको दशौँ महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा आयोजना गर्ने तय भएको छ । बैठकले महाधिवेशनलाई केन्द्रित गरी वैशाख २६ गते स्थायी कमिटी बैठक बोलाउने निर्णय…