काठमाडौँ, ११ चैत । उपराष्ट्रपति रामसहायप्रसाद यादवले फागु पूर्णिमाको अवसरमा राष्ट्रिय एकता, अखण्डता, सार्वभौमसत्ता, सामाजिक सम्बन्ध र बन्धनहरूलाई बलियो बनाउने बताएका छन् । स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई फागु पूर्णिमाको शुभकामना व्यक्त गर्दै उनले आपसी समझदारी, सद्भाव, समरसता, मैत्रीभाव, अपनत्वभाव र समानताको प्रतीकका रूपमा रहेको होली पर्व शालीनता, परस्पर मेलमिलाप र आत्मीयता अभिवृद्धि गर्ने…