खोटाङ, १० चैत । खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले जिल्लाका आठ अग्निपीडित परिवारलाई राहत रकम प्रदान गरेको छ । आगलागीबाट विस्थापित भएका हरेक परिवारलाई कोषले प्रतिपरिवार रु १० हजारका दरले राहत रकम प्रदान गरेको हो । कोषले घर जलेर विस्थापित भएका जन्तेढुङ्गा गाउँपालिका–४ डम्बर्खुशिवालयका धनबहादुर राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका भगतबहादुर राई र भीमबहादुर…