नयाँ गठबन्धनसँगै चिनियाँ चहलपहल

काठमाडौँ, ९ चैत । परराष्ट्र मन्त्रालयको चाबी हातमा लिएका उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले पहिलो विदेश भ्रमण उत्तरी छिमेकी चीनबाट सुरु गर्दै छन्। चैत ११ गते बेइजिङ उड्न लागेका श्रेष्ठले चिनियाँ समकक्षी वाङ यिसँग दुईपक्षीय वार्ता गर्ने छन्। नयाँ गठबन्धनपछि परराष्ट्रमन्त्री बनेका श्रेष्ठले मन्त्रालयका विभिन्न महाशाखाहरूबाट ब्रिफिङ लिने काम सम्पन्न नहुँदै चीन भ्रमणमा जाँदै छन्। श्रेष्ठको भ्रमण यतिवेला हुँदै…