उत्ताउलोपनले चाडपर्वको मौलिकता र महत्वलाई घटाउँदछ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ, ११ चैत । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले फागु पूर्णिमा (होली पर्व)मा मौलिकतालाई जोगाउन आह्वान गरेकी छिन्। उनले होलीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्णमा शुभकामना व्यक्त गर्दै संस्कृतिका असल पक्षलाई प्रवर्द्धन गर्न चाडपर्वलाई मितव्ययी र विकृतिरहित राख्नपर्नेमा जोड दिइन् । शुभकामना सन्देशमार्फत उनले समाजमा विद्यमान दुष्प्रवृत्तिलाई पराजित गर्दै सत्य र न्यायको पक्षमा अविचलितरूपले क्रियाशील रहन…