सहकारी विवादमा प्रधानमन्त्रीद्वारा गृहमन्त्रीको प्रतिरक्षा 

काठमाडौँ, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहालले सहकारी विवादमा गृहमन्त्री रवि लामिछानेलाई ‘क्लिन–चिट’ दिएका छन् । सहकारी पीडितले पोखरा प्रहरीमा उजुरी र आफूलाई ज्ञापनपत्र दिए पनि लामिछाने निर्दोष रहेको दाहालको भनाइ छ ।  कान्तिपुर टेलिभिजनबाट सोमबार प्रसारित ‘फायर साइड’ कार्यक्रममा पत्रकार रूपेश श्रेष्ठले सामयिक राजनीतिबारे प्रधानमन्त्री दाहालसँग संवाद गरेका थिए । उतिबेला विवादमा आएका मन्त्रीलाई हटाउन चाहनुहुन्थ्यो तर…