काठमाडौँ, ४ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न तीन जनालाई पार्टीबाट निलम्बन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तीन नेतालाई निलम्बन गरेका हुन् । निलम्बनमा पर्नेहरूमा सहायक महामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौँ क्षेत्र नम्बर ४ का अध्यक्ष ऋद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् । घटनापछि…