काठमाडौँ, १७ माघ । नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज (सगरमाथा) मा भएका १ सय ५८ सिटमध्ये इकोनोमी श्रेणीको एउटा सिट भाँचिएको दुई साता बित्दै छ । यात्रु बस्नै नमिल्ने गरी भाँचिएको सिट खाली राखेर जहाजले हङकङ, दोहा, क्वालालम्पुर, बैंङलुरु र मुम्बई उडान गर्दै आएको छ । विमानले सिट खाली छाडेर हरेक दिन ओहोरदोहोर गरी चारवटा उडान गरिरहेको…