काठमाण्डौ, १६ माघ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री केदार कार्कीले अध्यादेश मार्फत आफूलाई समर्थन गर्ने दलका नेताहरूलाई गाडी सुविधा दिन अध्यादेश ल्याएको विषयमा नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विरोध जनाएका छन् ।विराटनगर ७ मा समुदायमा कांग्रेस अभियानको उद्घाटन गर्दै डा शेखरले अध्यादेश मार्फत पदाधिकारीको सङ्ख्या थप्दै गाडी सुविधा दिने प्रदेश सरकारको निर्णय प्रति असन्तुष्टि जनाएका…