चुनढुङ्गा उत्खननको भ्रष्टाचार मुद्दामा सफाइ पाएकाहरू विरुद्ध अख्तियार सर्वोच्चमा

काठमाडौँ, ७ पौष ।  चुनढुङ्गा उत्खननको भ्रष्टाचार मुद्दामा सफाइ पाएका आरोपितहरू विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्वोच्च अदालतमा पुनरावेदन दिएको छ । अनुमति पत्रमा तोकिएभन्दा बढी चुनढुङ्गा निकालेका सिमेन्ट उद्योगहरूसँग राजस्व असुल नगरेर भ्रष्टाचार गरेको आरोप लागेका १८ जनालाई विशेष अदालतले सफाइ दिएको थियो । विशेष अदालतको निर्णय त्रुटीपूर्ण भएको भन्दै अख्तियारले हिजो सर्वोच्चमा पुनरावेदन…