काठमाडौँ, १९ कार्तिक । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जाजरकोट केन्द्र भई गएको भूकम्पका पीडितलाई राहतको लागि सक्दो सहयोग गर्न सार्वजनिक आव्हान गरेको छ । कार्यालयका प्रवक्ता नारायण प्रसाद भट्टले एक विज्ञप्ति जारी गर्दै सहयोग गर्न इच्छुक सम्पूर्ण महानुभावहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको राष्ट्रिय वाणिज्य बैङ्कमा रहेको चल्ती खाता नं ११३०१००००३७६२००१ मा जम्मा गर्न आग्रह…