भूकम्प प्रभावित स्थानीय तहका कर्मचारीलाई बिदामा नबस्न सामान्य प्रशासन मन्त्रालयको निर्देशन

काठमाडौँ, १८ कार्तिक । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भूकम्प प्रभावित स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत र अरू कर्मचारीलाई बिदामा भए तत्काल कार्यालयमा हाजिर हुन भनेको छ । आज मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै उनीहरूलाई तत्काल बिदामा नबस्न समेत निर्देशन दिएको छ । “भूकम्प प्रभावित जिल्लाका स्थानीय निकायमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत तथा…