काठमाडौँ, १९ कार्तिक । नेपाली कांग्रेसको महासमिति बैठक सरेको छ । आइतबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्कराहीमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले मंसिर २९ देखि महासमिति बैठक गर्ने निर्णय गरेको हो । यसअघि मंसिर १५ देखि १५ गतेका लागि तोकिएको थियो । एक पदाधिकारीका अनुसार महासमिति बैठक मङ्सिर २९ देखि पुस २ हुने भएको…