नेपालकाे दुःखमा सँगै छाैँ  : राष्ट्रपति पुटिन

काठमाडौँ, १८ कार्तिक । रुसका राष्ट्रपति भ्लादीमीर पुटिनले गएराति पश्चिम नेपालमा गएको विनाशकारी भूकम्पबाट भएको  धनजनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार एक पत्र पठाउँदै प्राकृतिक विपत्तिको यस दुखद घटनाबाट पीडित नेपालीप्रति गहिरो संवेदना प्रकट गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरुका आफन्त तथा…