रिगलको कैद मिनाहा बदर गर्ने आदेश स्वागतयोग्य छ : महामन्त्री थापा

काठमाडौँ, १७ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आममाफीको विषयलाई लिएर अदालतले गरेको निर्णय स्वागतयोग्य रहेको बताएका छन् । बिहीबार साँझ सामाजिक सञ्जालमार्फत थापाले योगराज ढकाल भनिने रिगललाई आममाफी दिने सरकारको निर्णय अदालतले बदर गर्नु स्वागतयोग्य भएको बताएका हुन् । मुद्दाको अन्तिम किनारा र पीडितको हक लगायतका विषयमा अदालतले फेरि बोलेको उनले बताए । साथै महामन्त्री…