दोहा, १० असार । मध्यपूर्वमा बढेको तनावसँगै कतारमा रहेको अमेरिकी सैन्य अड्डामा इरानले मिसाइल प्रहार गरेपछि अस्थायी रूपमा बन्द गरिएको कतारको हवाई क्षेत्र पुनः सञ्चालनमा आएको छ । कतारको नागरिक उड्डयन प्राधिकरणले हवाई यातायात सामान्य अवस्थामा फर्किएको घोषणा गरेको हो । इरानले मिसाइल प्रहार गरेपछि उत्पन्न भएको असुरक्षाका कारण कतारले आफ्नो हवाई क्षेत्र सावधानी अपनाउँदै…