ओर्बानसँग युक्रेनी इयु सदस्यता अवरुद्ध गर्ने कुनै कारण छैन– जेलेन्स्की

ओस्लो, २८ मंसिर । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले हङ्गेरीका प्रधानमन्त्री भिक्टर ओर्बानसँग किएभलाई युरोपेली युनियन (इयु) मा सामेल हुनबाट रोक्न ‘कुनै कारण’ नभएको बताएका छन् । उनले बुधबार इयुको शिखर सम्मेलनको पूर्वसन्ध्यामा सो कुरा बताएका हुन् । “मैले उहाँसँग इयुमा युक्रेन सामेल हुन नपर्ने एउटा कारण बताउन अनुरोध गरेँ, तीन होइन, पाँच होइन, १० होइन…