एजेन्सी, १० असार । अमेरिकाले इरानमा नयाँ प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफैंले प्रतिबन्ध लगाइएको घोषणा गरेका छन । प्रतिबन्धको निशानामा इरानका प्रमुख नेता आयातुल्लाह अलि खमेनीलाई पनि पारिएको बीबीसीले जनाएको छ । नयाँ प्रतिबन्धको आदेश जारी गरेपछि ट्रम्पले ह्वाइटहाउसमा भने, ‘इरानका सर्वोच्च नेता नै उनको सरकारबाट भएका सबै कामको जिम्मेवार छन्…