एजेन्सी, २ चैत । न्यूजिल्याण्ड अदालतले आक्रमणका मुख्य आरोपी ब्रेन्टन ट्यारेन्टलाई पाँच अप्रिलसम्म हिरासतमा राख्न अनुमति दिएको छ । २८ वर्षीय अष्ट्रेलियन मूलका ब्रेन्टनलाई शनिबार अदालतमा पेश गरिएको थियो । उनीमाथि न्यूजिल्याण्डको क्राइस्टचर्चस्थित अलनुर मस्जिदमा आक्रमण गरेर ४९ जनाको ज्यान लिएको आरोप छ । शुक्रबार नमाज चलिरहेको बेला उनले अन्धाधुन्द गोली चलाएका थिए । आक्रमणको फेसबुकमार्फत…