क्यालिफोर्नियाको जंगलमा आगोलागी : ५ को मृत्यु, १७ वेपत्ता

साउन १३, बीबीसी । अमेरिकाको उत्तरी क्यालिफोर्नियाको जंगलमा लागेको भीषण आगोमा परी एक वृद्ध महिला र दुई बालबालिकासहित पाँच जनाको मृत्यु भएको छ भने १७ जना हराइरहेका छन् । उक्त डढेलोमा बिहिबार दुईजना अग्निनियन्त्रकहरुको ज्यान गएको थियो । आगो १९४ वर्ग किलोमिटरसम्म फैलिएको छ । ज्यान गुमाएका पाँचमध्ये बालबालिका र उनीहरुका जिजु हजुरआमा रहेको खबर…