युरी गजिन्सकी बने सन् २०१८ को विश्वकपको पहिलो गोलकर्ता

रसिया  । आजदेखि शुरु भएको सन् २०१८ को विश्वकपमा गोल गर्ने रसियाका युरी गजिन्सकी पहिलो खेलाडी बनेका छन् । खेलको १२ औँ मिनेटमा गोल गर्दै उनले रसियालाई अग्रता दिलाएका हुन् । उनलाई गोलको अवसर अलेक्सान्डर गोलोभिनले सृजना गरेका थिए ।