मनोरञ्जन

देबिन्द्र काउचाको बचनले रेट्ने मायालाई



काठमाडौं । देबिन्द्र काउचाले रामपुनको परिकल्पनामा ‘बचनले रेट्ने मायालाई’नामक दोहोरी गीत ल्याएका छन् ।

बैदेशिक रोजगारीको शिलशिलामा कोरिया रहेका काउचाले यस अघि लोक गायक जितन भाइको सहकार्यमा हङकङको लाहुरे नामक दोहोरी गीत बजारमा ल्याइसकेका छन् ।

उनले बैंश छँदै र आँधी चलाएर गयौ नामक दुई लोकगीत बजारमा ल्याईसकेका छन् । युवा गायक काउचाकै संगीत रहेको गीतमा टिका मास्की मगरको शब्द रहेको छ ।

काउचालाई जुनाश्रीस मगरले सुरिलो आवाजले साथ दिएकी छिन् ।देविन्द्र काउचाको आफ्नै युट्युबच्यानलमार्फत भिडियो सार्वजनिक गरेका छन् भने यसको निर्देशनप्रकाश भट्टले गरेका छन् । काउचाले मायामाया, म त पीरमा छुलोक गीत तथा बेशीतिर झरलोक दोहोरी गीत छिट्टै बजारमा ल्याउन लागेको जानकारी दिए ।