राजनीति

स्थानीय तहको चुनाव गर्न संविधान संशोधन आवश्यक छैन उपाध्यक्ष वामदेव गौतम



फलेवास पर्बत, ११ चैत । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले संविधानको सफल कार्यान्वयनका लागि एमालेले प्रतिपक्षमै बसेर भए पनि रचनात्मक भूमिका निर्वाह गर्ने बताए ।

एमाले पर्वतद्वारा आज सदरमुकाम कुश्माबजारमा आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता गौतमले आगामी वैशाख ३१ गते स्थानीय निकायको चुनाव गर्नाको विकल्प नभएको बताए । नेता गौतमले कुनै पनि हालतमा संविधान संशोधन हुन नदिइने बताउँदै स्थानीय तहको चुनाव गर्न संविधान संशोधन आवश्यक छैन भने ।

अर्को प्रसङ्गमा पूर्वउपप्रधानमन्त्री गौतमले हामी अन्तिमसम्म पनि स्वतन्त्रताको रक्षा गर्ने मुख्य शक्तिका रुपमा रहन्छौँ भने। कार्यक्रममा एमाले पोलिटब्युरो सदस्य गणेश तिमिल्सिना, नेता जनक विश्वकर्मा, केन्द्रीय अनुशासन आयोगका सदस्य गणेश पौडेल, वैकल्पिक केन्द्रीय सदस्य गोविन्द नेपाली, नेत्री मना केसी, सांसद कल्पना चापागार्इं र विकास लम्साललगायतले बोलेका थिए । कार्यक्रममा तीन सय ९१ जना एमालेमा प्रवेश गरेका थिए ।