Banner News

प्रधानमन्त्री र एमाले अध्यक्षबीच छलफल



काठमाडौँ, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता केपी शर्मा ओलीबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका बारेमा छलफल भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटवार्तामा सर्वोच्च अदालतका प्रधानन्यायाधीश सुशीला कार्कीका सम्बन्धमा सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशम्शेर जबराले दिनुभएको आदेशपछिको अवस्थाका बारेमा छलफल भएको बताइएको छ ।

मुलुकमा पछिल्लो राजनीतिक अवस्थाका बारेमा प्रधानमन्त्री र प्रमुख प्रतिपक्षी दलका नेताबीच छलफल भएको र सहमतिमा नै सबै प्रक्रिया अगाडि बढाउने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिनुभयो ।

प्रधानमन्त्रीले सबैको सहमतिमा नै आफूले उचित कदम चाल्ने बताउनुभएको बुझिएको छ ।

एमाले महासचिव ईश्वर पोखरेलले भने प्रधानमन्त्रीलाई महाअभियोग प्रस्ताव फिर्ता लिन अध्यक्ष ओलीले आग्रह गर्नुभएको जानकारी दिनुभयो ।