अर्थ

एप्पल वल्र्ड मोबाइलको ‘अफर भित्र मेगा अफर’



काठमाडौं, २ असोज । बडा दसैँ तथा दीपावलीको अवसरमा एप्पल वल्र्ड मोबाइलले आफ्ना ग्राहकलाई लक्षितगरि ‘अफरभित्र पनि मेगा अफर’को योजना ल्याएको छ ।

दरबारमार्गस्थित मर्कन्टायल प्लाजामा रहेको मल्टिब्राण्ड मोबाइल सोरुम एप्पलवल्र्डले मोबाइल खरिद गर्ने ग्राहकलाई हातखाली नजाने उपहारका साथमा विभिन्न बम्पर उपहारको योजना ल्याएको छ ।

मोबाइल खरिदकर्ताले हरेक मोबाइलको खरिदमा हातखाली नजाने उपहार पाउने छन् भने सुनचाँदीको सिक्कासमेत पाउन सक्ने जारी विज्ञप्तिमा उल्लेख छ ।

मोबाइलका मोडल अनुसार ६० प्रतिशतसम्म छुट पाइने एप्पल वल्र्डमा बम्पर उपहार स्वरूप एकजनाले ‘आरवान फाइभ बाइक’, एकजनाले ‘आइफोन ८’ र एकजनाले ‘मलेसिया र सिंगापुरको टुर’लक्की ड्र मार्फत पाउने छन् । एप्पल वल्र्ड मोबाइलमा जस्तोसुकै मोबाइल एक्सचेन्ज गरिनुका साथै ‘फेस टु फेस मोबाइल मर्मत’को सुविधा समेत ग्राहकले पाउने छन् ।

मोबाइलको खरिदमा मोबाइल, पावर बैङ्क, सेल्फी स्टिक, एअरफोन, ब्लुतुथस्पिकर, टेम्पट ग्लास, सुनचाँदीको सिक्का, टिसर्टलगायतविभिन्नउपहारहरूप्राप्तगर्न सक्ने एप्पल वल्र्ड मोबाइलका म्यानेजर निराजनमल्ल ठकुरीले बताए ।