अर्थ

राष्ट्र बैंकद्वारा देशभरका यातायात समिति र तिनका पधाधिकारीको बैंक खाता रोक्का



बैशाख २३, काठमाडौं । नेपाल राष्ट्र बैंकले देशभरिका यातायात समिति र तिनका पदाधिकारीको बैंक खाता रोक्का गरेको छ भने अव फुकुवा गर्नको निम्ती सरकारको अनुमति चाहिने भएको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार विभिन्न समितिको बैंक खाता रोक्का गरिएको जानकारी गराएको हो । सिन्डिकेट पक्षधर यातायात समितिको नाममा रहेको बैंक खाता रोक्का गरिएको हो । खाता रोक्का गर्न विवरण पठाउने क्रम जारी नै रहेकाले संख्या बढ्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

सरकारले शुक्रबार नै सिन्डिकेट पक्षधर यातायात समितिको बैंक खाता रोक्ने निर्णय गरेको थियो । सोही अनुरुप समितिको बैंक खाता रोक्का गरिएको राष्ट्र बैंकले जनाएको छ । गृह मन्त्रालयको निर्णयअनुसार यातायात व्यवस्था विभागले शुक्रबार यातायात नचलाउने समितिहरुको बैंक खाता रोक्का गर्न सिफारिस गरेको थियो ।