अर्थ

‘परिवर्तनको आशा नेपाल’को प्रथम वार्सिकोत्सव, निशुल्क स्वास्थ्य परिक्षण



जेष्ठ १८, धरान । आशा, भरोषा र विश्वसको आधारको रुपमा छोटो समयमै सर्वसाधारणको सारथि वन्न सफल भएको परिवर्तनको आशा नेपालको प्रथम वार्सिकोत्सव भव्य रुपमा सम्पन्न गरेको छ ।

आफ्नो वार्सिकोत्सवको अवसरमा धरान स्थित २५ जना वालवालिकाहरुको निशुल्क स्वास्थ्य परिक्षण गरेको छ । स्वास्थ्य परिक्षणको साथमा धरान स्थित श्री सरस्वती वाल आश्रममा गई त्यहाँ रहेको वालवालिकाहरुलाई खाना खुवाउने कार्य समेत गरेको छ ।

आफ्नो संस्थालाई कुनै नाफा मुखी नभई सेवा तथा सामाजिकमुखी बनाउने उद्देश्यका साथ संचालनमा रहेको उक्त संस्थाको मातहतमा रहि थालनी वहुउद्देश्य सहकारी समेत संचालन गरिरहेको छ । जसको माध्यमबाट आम सर्वसाधारणलाई सेवा प्रदान गरी आगामी दिनमा स्वास्थ्य वचत खाता समेत संचालन गर्ने र त्यहाँ सदस्यता वनेका जो कोहीलाई स्वास्थ्यमा समस्या आएको खण्डमा छिटो र छरितो ढंगले स्वास्थ्य उपचार खर्चको निम्ती ऋण उपलब्ध गराउने संस्थाका अध्यक्ष विकास लम्सालले जनाएका छन् ।

त्यस्तै उक्त संस्थाका सदस्यद्वारा संचालित वहुउद्देश्य सहकारी संस्थाले नेपालभर आफ्नो कार्यक्षेत्रलाई विस्तार, शाखा कार्यालय धरानमा पुस्तकालय स्थापना गर्ने सहकारी संस्थाका अध्यक्ष पूर्ण गुरुङले जनाएका छन् ।