मनोरञ्जन

अभिनेत्री विद्या वालन साउथ फिल्ममा डेब्यू गर्दै



 साउन १४, काठमाडौं ।  बलिउड अभिनेत्री विद्या वालन एनटीआरको बायोपिकबाट साउथ फिल्ममा डेब्यू गर्ने भएकी छिन  ।

फिल्ममा विद्या एनटी रामा रावको श्रीमतीको भूमिका निभाइरहेकी छिन् । उनले यस फिल्मका लागि १.५ करोड रुपैयाँ पारिश्रमिक लिएकी छिन् ।

यो फिल्मको एनटी आरको जीवन कहानीमा आधारित छ । एनटीआरको पूरा नाम नन्दमुरी तारका रामा राव हो । उनीे एनटीआर नामले चिनिन्छन् । एनटीआर साउथ फिल्मका अभिनेता, निर्देशक, सम्पादक र राजनेता हुन् । उनी ७ वर्षसम्म भारतको आन्ध्र प्रदेशको मुख्य मन्त्री पनि भएका थिए ।

 उक्त  फिल्म साउथकका साथै हिन्दी भाषामा समेत प्रदर्शन हुनेछ ।