विचार/ब्लग

समाजबाद : सिद्धान्त की व्यबहार ???



पस्चिमा मुलुकहरूले समाजबादका राम्रा कुरा चोरेर जनतालाई खुशी पार्दै राज्यसत्ता टिकाउन सफल भएका रहेछन् भने हामी चाहीं कतै समाजबादको खोल ओडेर पूंजीबाद कै पृष्टपोषण गरिरहेका त छैनौं भन्ने भान हुन्छ । बेलायत London borough of Ealing को Hanwell ward मा गत महिना भ्रमणका क्रममा यो ठाऊ निहाल्ने मौका मिल्यो । सूचना र घुमघामका लागि बिजय थापा जी धन्यबादको पात्र हुनुहुन्छ ।

सन् १९३० वा करीव १०० बर्ष अगाडिको शहर हो यो । तस्विरमा सर्कल गरिएको घर चाही हालसालै बनेको हो । आफ्नै मौलिकता झल्किन्छ । तपाई सजिलै फरक छुट्याउन सक्नु हुन्न । यसको मतलब बेलायतीहरूले सन्सार नदेखेको हैनन् । एकताका झण्डै सन्सार जितिसकेका हुन् । तपाई एउटै समाजमा बसेपछि समान भएर बस्नु पर्छ भन्ने समाजबादी सिद्धान्तलाई व्यबहारमा लागू गरिएको रहेछ । हामी भने एसों तस्विर वा फिल्ममा नया कुरा देखो की कपी गर्न माहिर छौं । यसले हामीलाई घर न घाटको बनाएको छ ।

पहिचानका कुरा गरेर कहिल्यै नथाक्ने हामीले एक पटक ऐनामा आफैलाई निहालेर एक्लै प्रस्न गर्नु जरूरी छ । बेलायतमा घरको किचेनमा टाईल लाउदा पनि तडटभडक नहोस भनी काउन्सिलबाट स्वीकृति लिनु पर्दों रहेछ । पोहोर साल कर तिरेको पैसा सिटीको मर्मत सम्हार गरी बेचेर फिर्ता भएछ। सुन्दा पनि आन्नद लाग्ने अनुकरणीय मेडल भएकाले जनचेतनाका लागि पोष्ट गरेको छु ।

Tej Bahadur Dhakal

Kathmandu