शैक्षिक

३१ विद्यार्थीले एसइई दिनबत बञ्चित



म्याग्दीमा हाजिरी नपुगेका कारण ३१ विद्यार्थीले माध्यमिक शिक्षा परीक्षा (एसइई) दिन नपाउने भएका छन् ।

पचहत्तर प्रतिशत हाजिरी नपुगेका कारण आगामी हप्तादेखि शुरु हुने एसइईमा सहभागी हुन नपाउने भएका हुन् । वञ्चित हुनेमध्ये पाँच धौलागिरि गाउँपालिका–२ को लमसुङ माविका छन् भने प्रकाश माविमा सञ्चालित खुला विद्यालयबाट एसइईका लागि आवेदन फारम भरेका ३० मध्ये पाँच जनाको पनि हाजिरि नपुगेकाले अयोग्य भएका छन् ।

एसइईमा म्याग्दीबाट एक हजार १११ छात्रा र एक हजार १३१ छात्र गरी कूल दुई हजार २४२ परीक्षार्थी सहभागी हुनेछन् । तीमध्ये दुई दृष्टिविहीन विद्यार्थी पनि छन् ।