राजनीति

प्रदेश १ को स्थायी राजधानी विराटनगर घोषणा



विराटनगर, २४ बैशाख । विराटनगरलाई सर्वसम्मतरुपमा प्रदेश १ को स्थायी राजधानी घोषणा गरिएको छ ।

सोमबार बसेको प्रदेशसभा बैठकले मोरङको औद्योगिक नगरी विराटनगरलाई सर्वसम्मत रुपमा राजधानी तोकेको हो । स्थायी राजधानीका लागि प्रदेशसभामा मतदान हुने चर्चा चले पनि विपक्षी नेपाली कांग्रेसले समेत आफ्नो प्रस्ताव फिर्ता लिएर नेकपाको प्रस्तावलाई समर्थन जनाएपछि सर्वसम्मतिमै राजधानी तोक्न सम्भव भएको हो ।

प्रदेश १ मा कुकल ९२ जना प्रदेशसभा सदस्यहरु मध्ये ८६ जनाको उपस्थितिमा स्थायी राजधानी विराटनगरलाई राख्ने प्रस्ताव पारित भएको प्रदेश सभाले जानकारी दिएको छ । बैठकमा ६ जना सांसदहरु भने अनुपस्थित थिए ।

विराटनगरलाई स्थायी राजधानी तोकिए पनि विराट क्षेत्रको अवधारणा अनुसार संसद र कार्यपालिकाका कतिपय संरचना इटहरी र गोठगाउँसमेतलाई समेटेर बनाइने प्रस्ताव नेकपाले संसदमा लगेको थियो ।