राजनीति

विप्लवका जिल्ला अध्यक्ष पक्राउ



काठमाडौँ, २७ बैशाख । रुकुम पश्चिममा विप्लव निकट नेकपाका युवा संगठन जिल्ला अध्यक्षलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्लाको चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

शर्माले प्रहार गरेको ढुंगा लागेर एक प्रहरी जवान घाइते समेत भएका छन् ।