राजनीति

सभामुखद्वारा सांसदमा बोलेका अमर्यादित शब्द अभिलेखबाट हटाउन निर्देशन



काठमाडौँ, २७ बैशाख । सभामुख कृष्णवहादुर महराले अघिल्लो बैठकमा प्रधानमन्त्री र सांसदहरु दुवै पक्षबाट प्रयोग भएका संसदीय मर्यादाविपरीतका शब्दहरु संसद सचिवालयको अभिलेखबाट हटाउन दिर्नेशन दिएका छन ।

शुक्रबारको बैठकको शुरुमै सभामुख महराले गत वैशाख २४ गतेको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्न सोध्ने क्रममा कांग्रेस सांसदले बोलेका र प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिने क्रममा व्यक्त भएका संसदीय मर्यादाविपरीतका शब्द भएकाले उक्त शब्द हटाउन दिर्नेशन दिएका हुन ।

उनले भने, ‘सरकारको नीति तथा कार्यक्रमबारे प्रधानमन्त्रीको स्पष्टिकरण र जिज्ञासाका क्रममा व्यक्त भएका संसदीय मर्यादा अनुकुल नभएका शब्द अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन दिन्छु ।’