Banner News

राष्ट्रिय एकता मजबुतका लागी सबैको अस्तित्व स्वीकार गर्न आवश्यक : अध्यक्ष दाहाल



काठमाडौँ, २८ बैशाख । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय एकता मजबुतका लागी सबैको अस्तित्व स्वीकार गर्न आवश्यक रहेको बताएका छन ।

शुक्रबार काठमाडौँ को वसन्तपुरमा आयोजित खड्गी समाजको एक कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले मुलुकको राष्ट्रिय एकतालाई सुदृढ बनाउन सबैले सबैको सम्मान गरेर अघि बढनुको विकल्प नरहेको बताएका छन ।

सबैलाई सम्मान गर्ने परिपाटीबाट मात्रै मुलुकको राष्ट्रिय एकतालाई मजबुत बनाउन सकिने बताउदै उनले भने, ‘एउटा जाति, एउटा भाषाले अरु जाति र भाषालाई अपमान गर्ने, विभेद तथा अन्याय गर्ने थितिको अन्त्य गरेर सबैले सबैको अस्तित्व स्वीकार गर्दा मात्रै सिंगो राष्ट्रको राष्ट्रिय एकता मजबुत हुन्छ ।’

अध्यक्ष प्रचण्डले सबैले आ–आफनो भाषाको, संस्कृति र परम्पराको जर्गेना गर्ने र त्यसका राम्रा पक्षहरुलाई अघि बढाउँदा सबै समुदायको उत्थान हुने पनि बताएका छन ।