विचार/ब्लग

उत्कृष्ट बजेटबाट प्रतिपक्षी दलको टाउको दुःखाई



विकास र समृद्धिको ढोका खुल्ला गर्दै वर्तमान नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा रहेको सरकारले ऐतिहासिक तथा जनप्रिय बजेट ल्याएको देखेर प्रतिपक्षी दलहरुको टाउको दुःखाईको विषय बनेको छ । प्रतिपक्षी दलले बजेटको विषयलाई ट्वीस गर्ने तरिकाले विभिन्न प्रकारका अनावश्यक मुद्धाहरु सडक तथा सदनमा ल्याउन थालेका छन् । यो आम नेपाली जनताको भाग्य र भविष्यलाई अध्यारो पार्ने कुचेष्ठा मात्र हो । बजेट ऐतिहासिक मात्र नभई समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई मूर्त रुपम दिनको मुख्य आधार समेत बन्ने निश्चत देखिएको छ । बजेटले देशको समृद्धिको साथमा समाजवादको लक्ष्य समेत स्पष्ट रुपमा प्रस्तुत गरेको छ ।

नेकपाको स्थायी सरकारले बजेटको व्यवस्थापनलाई एक पछि अर्को गर्दै सुधार गर्दै अघि बढेको छ । सम्पत्ती शुद्धिकरण प्रधानमन्त्री कार्यालयको मातहतमा जानु नै विगतमा भएको कालो धन्दालाई तहलगाउने काम शुरु गरेको छ । राजश्व अनुसन्धान प्रमको मातहतमा गएपछि टाइट गरेपछि ३३ प्रतिशत राजश्व बृद्धि भएको छ । प्रधानमन्त्री कार्यालय मातहतमा राजश्व अनुसन्धान पुगेपछि बजेटको आकार बढेको र ठूला ठूला राष्ट्रिय गौरवका आयोजनाहरु अघि बढाउन थालिएको छ । जसबाट आम नेपाली जनताको तिव्र विकास प्रतिको चाहना एक पछि अर्को गर्दै पुरा हुने क्रममा अघि बढेको छ ।’

प्रतिपक्षीले सडममा भएका अनेक भुतहरुलाई आङमा छिराएर विधेयकलाई संसदमा प्रवेश नै गर्न नदिने राजनीति गर्नु आफैमा लज्जास्पद हो । जनताको विकासको चाहना तथा सपनालाई पुरा गर्दै आगामी निर्वाचनको बाटो खोज्नुपर्नेमा प्रतिपक्षी दलले सदनमा अवरोधको बाटो रोज्नु अत्यन्तै दुःखद् तथा निन्दनीय रहेको छ । राष्ट्रिय आवश्यकतालाई मध्यनजर गर्दै विगतमा कालो धन खाएकाहरुको अभियानमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले साथ दिनु हुँदैन । साथै बजेटको सवालमा कुनै कुण्ठा बोक्नु औचित्यहिन रहेको छ ।

बजेट विगतमा भएको विकास निर्माण तथा बजेटको क्रमबद्धताकै कारण केहीमात्रामा विगतका केही पहुँचवालाको क्षेत्रमा अलि बढी गएको त छ नै । विगतमा शुरु गरिएका योजनाहरुलाई सफलतामा पुर्याउन बजेट उक्त स्थानमा नै गएको र विगतका निर्माण कार्यहरु सम्पन्न भएपश्चात क्रमिक रुपमा बजेटमा एकरुपता हुँदै जाने छ ।

‘बजेटको छलफलमा मेरो क्षेत्रमा कति बजेट पर्यो ? प्रधानमन्त्रीको क्षेत्र झापामा कति बजेट पर्यो भनेर मात्र छलफल भएको तर बजेटको शुरुमानै सरकारले यो दुई वर्षलाई क्रमागत योजनालाई नै निरन्तरता दिने भनि उल्लेख गरेको छ । विगतमा हामीले सुन्ने गरेका थियो कि मोरङ र सुनसरीको बजेट कर्णालीको भन्दा बढी पर्यो रे, धनकुटा फलानो प्रधानमन्त्री भएको समयमा बन्यो रे, डडेल्धुरा एकदम व्यापक बनिरहेको छ अरे, बनेको छ कि छैन यस्ता कुरा हामीले धेरै सुनेका थियौं ।’

संघियताको निर्माण गर्ने सवालमा पैसा छाप्ने काम, सेना परिचालन गर्ने काम र परराष्ट्रसँग सम्बन्धीत काम बाहेक अन्य मात्र प्रदेश तथा स्थानीय तहले गर्न पाउने भन्ने छलफल भएको थियो । सोही अनुसार सरकारले आफ्नो कार्य अघि बढाएको हो । सरकारले तयार पारेको विधेयक संसदमा छिर्ने नदिने, रोष्टम घेर्ने, आन्दोलन गर्ने अनि भन्ने सरकार अधिनायकवाद तिर जाँदैछ । यो कस्तो लोकतान्त्रीक पद्धति हो ?

विधेयक संसदमा आएपछि संसदिय पद्धतिबाट छलफल तथा संशोधन गर्न सकिन्छ । माननीय सांसद ज्युहरुले सरकारले ल्याएको प्रस्तावलाई हिम्मतका साथ सुन्ने र संसदमा संशोधनको माध्यमबाट परिवर्तन गर्ने हिम्मत देखाउनुपर्छ । सरकारको भन्दा फरक विधेयक ल्याउने हो भने नीजि विधेयक संसदमा ल्याउने अधिकार छ, ल्याउन प्रतिपक्षी दल तयार हुनुपर्छ, त्यसमा छलफल गर्न सरकार पक्ष तयार रहेको छ । होइन भने मिडियाले के लेख्यो ? मिडिया काउन्सिलले के बोल्यो ? तल सडकमा के भयो ? फेसबुकमा के आयो ? भन्ने कुरा उठाएर लोक हसाउनु उत्तम हुँदैन ।

वर्तमान सरकार देश जनता प्रति बफदारी रहेको छ । सरकार जनताको चाहना, आवश्कतालाई मध्यनजर गर्दै आवश्यकता अनुसार परिमार्जित तथा परिस्कृत हुँदै अघि बढेको छ र आगामी दिनमा पनि सोही अनुसार अघि बढ्ने छ । ‘प्रधानमन्त्रीले बोल्छु भनेर सभामुखसँग समय मागेर दिएको कुरा बोल्न नदिने, रोष्टम घेर्ने कुरा चाही उच्च लोकतान्त्रीक, भोलिपल्ट प्रमुख प्रतिपक्षी दलका नेताललाई बोल्न दिने सरकार अनि सभामुख चाँही श्री ३रअधिनायकवादी रु गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री हुँदा ५७ दिनसम्म रोष्टम घेरियो, रामचन्द्र पौडेल सभामुख हुनुहुन्थ्यो, ५७ दिनसम्म प्रतिपक्षीको आवाजलाई नसुनेर, नारा लगाउन दिने सभामुख र तत्कालिन प्रधानमन्त्री चाही अति लोकतान्त्रीक अनि आज विरोध गरेर भोलिपल्टै संसदमा आफु नबोली, व्याक भई बोल्न दिने प्रधानमन्त्री चाँही अलोकतान्त्रीक ?’

लोकतन्त्रको गजबको परिभाष नेपाली कांग्रेसले गर्न थालेको छ । ‘कांग्रेसको नीति, विचार र सिद्धान्त सवै सकिएर भिरबाट लडेको मान्छेले जे भेट्टायो त्यही समाउँछ, कांग्रेसले आज जे भेट्टायो त्यही समाउन थालेको छ । कांग्रेसले पानीजहाज चलाउने सरकारको सपना देख्दैन, उसले कागजको पानी जहाज बनाएर फेसबुकमा नैटङ्कीकारहरुको एजेण्डा बोकेर हिड्ने बाटो मात्र देख्छ । त्यस्तेले कांग्रेस लोकतान्त्रीक पार्टी हुने हो भने उसको व्यवहार सच्याउनुपर्छ ।’

कांग्रेसले वर्तमान सरकारले गरेको राम्रा कुरा नदेख्ने र खाली नराम्रो कुरा मात्र देख्ने प्रवृत्ति देखिएको छ, जुन अत्यन्तै बेठिक हो । रक्षामन्त्रालयले डिफेन्स युनिभर्सिटिको योजना ल्याएको, सेकुरेटी थिङ् ट्याङको कन्सेप्ट ल्यायो, विगतमा एकिकरणको समयमा भएका गडी तथा सडकहरुलाई पर्यटकीय मार्गको रुपमा अघि बढाएको, स्वास्थ्य मन्त्रालयले स्वास्थ्य बीमाको कुरा ल्याएको, आधारभुत वर्गका हरेक मानिसहरु स्वास्थ्य सेवाबाट बञ्चित हुनु नपर्ने कुरा ल्याएको, पर्यटन मन्त्रालयले भिजन २०२० ल्याएको बताउँदै उहाँले पर्यटन वर्ष २०२० को लागि सांसदहरुले बजेट कम भएको भनि सुझाव दिएको र त्यो ठिकै हो ।

वर्तमान सरकारले विकासको भेल नै सुरु गरेको छ । विरोधि तत्वहरु एक पछि अर्को गर्दै परास्त हुँदै जाँदैछन् । विकास देखेर राजनीतिक भविष्य समाप्त हुने डरले केही सांसदहरुले विकासको विरोध गरिरहेका छन् । भक्तपुरमा रंगशाला चाँहीदैन, भक्तपुर–धुलीखेल सडक पनि चाहिँदैन, प्रदेशको राजधानी पनि चाँहीदैन, अन्तर्राष्ट्रिय स्तरको सभागृह पनि चाँहीदैन, काठमाडौँ उपत्यका भित्र कोही पनि मानिसलाई प्रवेश गर्न दिनुहुँदै, जग्गा जमिन तथा घर किन्न दिनुहुँदैन । काठमाडौँ उपत्यका कसैले उपहारमा प्राप्त गरेको ठाउँ हो ? सार्वभौम नेपाली जनताले नेपालको जुनसुकै कुनामा बसाई सर्न पाउने अघिकार रहेको छ । अनावश्यक बहस गर्नुको अर्थ छैन ।

– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेत-