स्वास्थ्य

निरोगी बन्ने सात तरिका



निरोगी बन्ने सात तरिका हेर्नुहोस :

१. व्यायाम

स्वस्थ तथा निरोगी रहन दैनिक २ घन्टा हिड्नुहोस, यसले मुटु र मस्तिष्क दुबैलाई फाइदा पुर्याउँछ ।

२. फलफुल र सागसब्जीमा जोड 

स्वस्थ तथा निरोगी रहन भिटामिन, पोषण र खनिजयुक्त सन्तुलित फलफुल र तरकारी खानुहोस, जसले शरिरलाई स्वस्थ बनाउँछ ।

३. रमाइलो

रमाइलो गर्नुहोस, ध्यान गर्ने, पत्रपत्रिका पढ्ने र नाँचगान गर्नाले स्वस्थ तथा निरोगी हुन मदत गर्दछ ।

४. मासु कम

स्वस्थ तथा निरोगी रहन मासुजन्य खानेकुरा कम खानुहोस, शरिरलाई आवश्यक तत्व दुध, चिज, पास्ता र अन्य डेरीजन्य खानेकुरामा पनि पाइन्छ ।

५. पानी धेरै मात्रामा पिउने

 प्रशस्त पानी पिउनुहोस, पानीले शरिरको छाला, कपाल, नङ, अन्य अंग र दिमागलाई समेत स्वस्थ बनाउँछ ।

६. धुम्रपान नगर्नुहोस

स्वस्थ तथा निरोगी रहन धुमपान नगर्नुहोस धुमपानले मुटु, फोक्सो, कलेजोमा क्यान्सर लगायतका समस्या ल्याउँछ ।

७. नियमित परीक्षण

नियमित स्वास्थ्य परीक्षण गराउनुहोस,  बढ्दै जाँदा स्वास्थमा पनि समस्या आउँछ । अधिकांश मानिसलाई ४० वर्ष पुगेपछि मुटु, प्रेसर, सुगर रोग लाग्ने गरेको पाइन्छ ।