राजनीति

निर्वाचन आयोग : रणनीतिक योजना सार्वजनिक



काठमाडौँ, ३ भदौ । निर्वाचन आयोगले तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको मस्यौदा सार्वजनिक गरेको छ ।

नयाँ रणानीति अनुसार आउँदा निर्वाचनमा मतदानस्थलमै मतगणना गर्ने योजना प्रस्ताव गरेको छ । त्यस्तै, राजनीतिक दललाई खर्च दिने अनुदान प्रस्ताव गरिएको छ । हालसम्म स्थानीय तहको सम्बन्धित पालिकामा र प्रदेश तथा प्रतिनिधिसभाको मतगणना निर्वाचन अधिकृतको कार्यालयमा हुँदै आएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले लोकतन्त्रको सुदृढीकरणका लागि स्वच्छ, स्वतन्त्र, विश्वसनीय र मितव्ययी निर्वाचनको लक्ष्य राखेर तेस्रो पञ्चवर्षीय रणनीतिक योजनाको मस्यौदा ल्याइएको बताए । यो समाचार आजको गोरखापत्र दैनिकमा छापिएको छ ।