Banner News

हवाई सुरक्षामा नेपाल प्रतिबद्ध : प्रधानमन्त्री ओली



काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई सुरक्षामा गर्नुपर्ने सुधारका लागि नेपाल तयार र प्रतिबद्ध रहेको बताउनुभएको छ ।

हवाई सुरक्षासँग सम्बन्धित अन्तर्राष्ट्रिय नियमको पालना नेपालका लागि बाध्यता मात्र नभई आवश्यकता रहेकाले यसको कार्यान्वयनमा सरकार सधँै तयार रहेको उहाँको भनाइ छ ।

सोमबारदेखि राजधानीमा सुरु भएको एसिया प्रशान्त क्षेत्रका हवाई सेवा नियामकका महानिर्देशकहरूको ५६औँ सम्मेलनको उद्घाटन कार्यक्रममा उहाँले हवाई सेवा विश्वसँग जोडिने नेपालको एक मात्र माध्यम भएकाले यसको सुरक्षा सधैँ प्रमुख प्राथमिकतामा रहने बताउनुभयो ।
कार्यक्रममा प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठनसँग सहकार्य गर्न सरकार सधै तयार रहेको भनाइ राख्नुभयो । “आइकाओको भूमिका र सहयोगप्रति म धन्यवाद दिन चाहन्छु,” उहाँले भन्नुभयो, “भविष्यमा थप सहकार्यका लागि नेपाल सरकार तयार छ ।”

त्यस्तै उहाँले हवाई सुरक्षासँग सम्बन्धित नियम, लक्ष्य र प्राथमिकता साझा हुने भएकाले यसमा सबै देशको सहकार्य आवश्यक पर्ने बताउनुभयो । खासगरी एसिया क्षेत्रको हवाई सेवा सुरक्षासँग सम्बन्धित विषयमा यसका सबै सदस्य राष्ट्र एकमत भएर अगाडि बढ्नुपर्ने र त्यसमा नेपाल सरकारले सधँै साथ दिने उहाँले जानकारी दिनुभयो ।

सम्मेलनले एसिया प्रशान्त क्षेत्रको हवाई सुरक्षालाई थप प्रभावकारी बनाउने विश्वास पनि उहाँले व्यक्त गर्नुभयो । लामो समयको राजनीतिक सङ्क्रमणपछि नेपाल अहिले आर्थिक विकासको गतिमा अगाडि बढिरहेको र त्यसका लागि पर्यटन महìवपूर्ण सम्भावना क्षेत्र रहेको उहाँले बताउनुभयो । यो समाचार आजको गोरखा दैनिकमा छापिएको छ ।