राजनीति

पारसले माफी माग्दै भने, ‘छाेरामाथि पुलिसकाे दुर्व्यवहार देख्दा मैले सहन सकिनँ’



काठमाडौँ, ३ भदौ । पूर्वयुवराज पारस शाहले विमानस्थलमा प्रहरी अधिकारीमाथि आफूबाट भएको दुर्व्यवहारप्रति माफी मागेका छन् ।

विमानस्थलमा आमा कोमल शाहको बिदाइका लागि पुगेका पारसले एक प्रहरी अधिकारीलाई धकेलेको भिडियो भाइरल बनेको थियो ।

पारसले छोरा हृयदेन्द्रको अनुहारमा प्रहरीको लाठी तेर्स्याएको देखेपछि आफ्नो मुड खराब भएको र आवेशमा आएर सो घटना हुन पुगेको फेसबुक स्टाटसमार्फत जनाएका छन् ।