Banner News

भारतीय विदेशमन्त्री जयशंकर र प्रधानमन्त्री ओलीबीच भेटवार्ता



काठमाडौँ, ४ भदौ । भारतका विदेशमन्त्री एस जयशंकरले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

नेपाल भारत संयुक्त आयोगको बैठकमा भाग लिन आजै मात्र नेपाल आएका विदेशमन्त्री एसले प्रधानमन्त्री निवासमा बालुवाटारमा  प्रधानमन्त्री ओलीसँग भेट गरेका हुन् ।

आयोगको बैठक बुधबार नै सुरु हुँदैछ । बैठकमा दुई देशका सबै महत्वपूर्ण विषयमा विचार विमर्श हुने जनाइएको छ । संयुक्त आयोगको बैठकमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतको तर्फबाट त्यहाँका विदेशमन्त्री एस जयशंकरले बैठकको सहअध्यक्षता गर्ने कार्यक्रम रहेको छ ।