मनोरञ्जन

आत्महत्या दुरुत्साहन ऐन संशोधन हुनुपर्छ : मह जोडी



चितवन, १० भदौ । हाँस्यकलाकार द्वय हरिबंश आचार्य तथा मदनकृष्ण श्रेष्ठले आत्महत्या दुरुत्साहनको ऐन संशोधन हुनुपर्ने बताएका छन ।

सोमवार अपरान्ह सञ्चारकर्मी रवि लामिछानेको न्यायको पक्षमा साथ दिन पुगेका मह जोडीले जिल्ला अदालत परिसरमा पत्रकारसँग बोल्ने क्रममा न्यायको लडाइँंमा कत्ति पनि कमजोर नहुन ढाडस दिदै भने, ‘सिंहदरवार भित्र कसैले कोटको खल्तीमा ठूलो मान्छेको नाम लिएर आत्महत्या गरे त्यो ठूलो मान्छेलाई समाउने कि नसमाउने ? त्यसैले यो ऐन संशोधन हुनुपर्छ ।’