विचार/ब्लग

हाम्रा युबा र बैदेशिक रोजगारी



तेज बहादुर ढकाल

युबा जनशक्ति र अपार प्रकृतिक सम्पदा नै नेपालको सम्बृद्धिको आधार भएकाले युवाहरुलाई स्वोदेश मै रोजगारि सृजना गर्नू जरुरी छ ।

बिदेश पठाउनै परे अदक्ष श्रमिकका रुपमा होइन सरकारले नै आबश्यक तालिम दिलाई प्रबिधीक वा दक्ष जनशक्तिको रुपमा पठाऊनु उपयूक्त हुन्छ । होइन भने सुरक्षाको बिशेस तालिम दिई गोर्खाज ब्राण्डमा सन्सार भरको शान्ती र सुरक्षामा पठाउन सकिन्छ । अरु देशलाई श्रमिक भन्दा सुरक्षा बल दिने भनेको गौरब को बिषय पनि हो । सरकारले नै मध्यस्थता गारि डलरमा पारिश्रमिक दिलाउन पहल गर्नु जरुरी छ । बिगतमा गोर्खा भर्तीको औधि बीरोध गरियो । तर पनि अन्तररास्ट्रिय क्षेत्रमा शान्ती सुरक्षाका क्षेत्रमा नेपलीको सकरात्मक नाम चलेको छ । गोर्खा त हम्रो बहादुरि को निशाना हो ।

हाम्रा पुर्खाहरुले कमाइ दिएको अन्तराष्ट्रिय ब्राण्ड र पहिचान हो । तर हामीले यसको नकरात्मक पक्ष मात्र उजागर गरियो । हामीले सुरक्षा कम्पनी होइन यसको नाममा चुरोट र बियर कम्पनी खोल्यौं । बिदेशमा काम गर्न जानु नै नराम्रो होइन । उत्तर कोरिया देखी अमेरिका सम्म सबै देशका मान्छे बिदेशमा काम गर्छन तर ज्याला मजदुरी भन्दा नी दक्ष वा बिषय बिज्ञ भएर जान्छन् । देश भित्र राम्रो रोजगारी पाउने भए अरुको देशमा मजदुरी गर्न किन जानु पर्थियो र । हामीले भावनामा बगेर होइन यथार्थमा बसेर उपाय निकाल्नु जरुरी छ । रेमिट्यान्सलाई प्रबिधिमा लगानी गरि थोरै मान्छेले पनि धेरै काम गर्न सकिन्छ । बिदेशमा सिकेको सीपलाई देश भित्र प्रयोग गर्न सकिन्छ । सरकारले बीमा तथा रिण सहुलियत प्रदान गरि स्वरोजगारी र उद्द्मशिलताको बिकाशमा जोड दिनु जरुरि छ । नेपाली सेना, ससस्त्र प्रहरी र नेपाल प्रहरीले बिश्व शान्ती मिसनमा खेलेको भुमिका, अन्तराष्ट्रिय छबि र रेमिटरेमिट्यान्सलाई ध्यान दिंदा सुरक्षा क्षेत्र नेपालीको पहिचान र तुलनात्मक लाभको क्षेत्र हुन सक्छ ।

काठमाडौँ, नेपाल