विचार/ब्लग

कोरोना भाइरस विरुद्ध युद्ध जित्न सरकारलाई सवैले साथ दिऔं



काठमाडौँ, १० चैत । कोरोना भाइरस (कोभिड–१९) बिरुद्धको युद्ध जित्न हामीले सरकारको कदमलाई साथदिनु र संका नगर्नु उत्तम उपाय हो ।

यति बेला बिश्व कोरोना भाइरस बिरुद्धको युद्ध लडिरहेको छ । साच्चै नै मानविय क्षतीको हिसावले यो भाइरसले संसारभरी नै बिश्वयुद्धको झझल्को दिइरहेको छ । बिश्वयुद्धले प्राकृतिक सम्पदा समेत नष्ट गरेको थियो भने कोभिड १९ ले मानब जीवनलाई नष्ट गरेको छ । चिनको हुबेइ प्रान्तको उहान शहरबाट फैलिएको कोरोनालाइ डब्लुएचओले बिस्व ब्यापीमहामारी घोषण गरेको छ पछिल्लो समय युरोप र अमेरिका कोरोनाको केन्द्र बनेको छ ।

न्युजएजेन्सी का अनुसार १८८ देशका तिन लाख बाइस हजार मानिसहरु कोरोना भाइरसबाट संक्रमित भएका छन । २२ मार्च सम्म १३ हजार ७ सयको मृत्यु भयको छ । चिन पछि इटालिमा मृत्यु हुनेको सख्या ४ हजार आठसय २५ पुगेको छ । इटालीमा एकैदिन मात्र सात सय ९३ जनाको मृत्यु भएको छ । एशिया अफ्रिकाका हरेक देशहरु पनि यसबाट अछुतो बनेका छैनन । विश्वस्वास्थ्य सगठनले नेपाललाई पनि उच्च जोखिममा राखेको छ ।

छिमेकी देश भारतमा संक्रमणको दर बडिरहेको छ । यसबाट नेपाल जोगिन सक्छ भन्ने कदापी होइन । भारतका प्धानमत्री नरेन्द्रमोदीले भारतीय जनतालाई संक्रमणबाट जोगाउन जनता कर्फयुको आह्वान गरेर अभुतपुर्ब साथ र समर्थन प्राप्त गरेका छन भारतका पा्ए हरेक राज्यहरु लकडाउनमा छन । हाम्रो देशमा पनि प्रधानमत्री केपी शर्मा ओलीले राष्ट्रको नाममा सम्बोधन गरेर जनतालाई आबश्यक काम बाहेक घरबाट बाहिर ननिक्लन । हल्लाको पछि नलाग्न, ब्यक्तीगत सरसफाईलाई ध्यानदिन, आफु र अरुको स्वस्थ्यलाई ध्यानदिन आह्वान गर्नु भएको छ । त्यसैलाई मध्य नजर गरेर भरखरै सरकारले सबै अन्तराष्ट्रिय उडान र सिमा आबागमनलाई बन्द गरेको छ ।

संक्रमण भएकालाई राख्न एकलाख बेड क्वारेन्टाइन बनाउने लक्ष्यसहित सेना शसस्त्र प्रहरी, केन्द्र, प्रदेश र स्थानीय सरकारले युद्धस्तरमा काम गरिरहेका छन । देशैभर आइसोलेसन वार्ड समेत बनाउन सरकारले तयारी गरिरहेको छ । यति मात्र हैन आबश्यक मेडिकल उपकरणहरु ल्याउन चिन र भारत सरकारसँग माग गरिसकेको छ । सरकारले कोरोना भाइरस प्रकोप नियन्त्रणको लागी एक कोष खडागरि ५० करोड जम्मा गरेको छ । ववस्तबमै सरकार यतिबेला नेपाली जनताको जिउधनको सुरक्षाको लागी कोरोना भाइरस विरोधी महाअभियानमा विजय प्राप्त गर्न लागी परेको छ ।

यतिबेला हामी नेपाली जनताले आफु परिवार र समुदायको लागी कोरोना संक्रमणबाट बच्न सरकारको यस महाअभियानलाई साथदिन जरुरि छ । त्यसकारण अत्यावश्यक काम बाहेक कोहिपनि घर बाहिर नजांउं, एकदुई जना भन्दा बडि गफ गरेर नबसौ, हरेक पटक साबुन पानीले हातधुने बानी बसालौ, घरमै बेला बेलामा योग र शारीरिक ब्यायाम गरौ त्यसो गर्यौ भने पक्कैपनि कोरोना भाइरस बिरोधी युद्धलाई हामी सहजै पराजीत गर्न सक्नेछौ ।

चीनको बुहान शहरबाट फैलिएको यो कोरना भाइरस त्याहाको सरकारको सफल ब्यबस्थापनले बिसालतम देस चिनका अरु शहरमा फैलिनबाट जोगियको छ । यदि चिनले समयमै उक्तप्रान्तलाई लकडाउन गरेर अरुचिनिया जनताबाट टाडा नराखेको भय संक्रमणले महामारीको रुपलिने थियो । हाल चिनमा संक्रमणको दर प्राय शुन्य भएको छ ।

यो प्रयोगलाई मध्यनजर गरेर हामीले नेपाली जनतमा कोरोना भाइरस संक्रमण हुनबाट रोक्न सक्यौ भने हामी बिस्वकै नमुना देस बन्ने छौ । पक्कै पनि हामी आशात गर्न सक्छौ तर हाम्रो खुल्ला सिमा भएको भारतका उत्तरप्रदेश, बिहार र पश्चिम बंगालमा कोरोनाको संक्रमण फैलियकोले हाम्रो देशमा पनि संक्रमण नहोला भन्न सकिने अबस्था भने छैन । त्यसैले हाम्रो सतर्कता सजगता र होसियारी अत्यन्त जरुरी छ ।

अन्त्यमा कोरोना भाइरस बिरोधी यो युद्ध सरकार एकलैले अवश्य जित्न सक्नेछैन । त्यसैले आफनो लागी, हाम्रो लागी र समुदायको लागी सरकारको यो महाअभियानलाई साथ र सहयोग गरौ, अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिक्लौं । धन्यबाद ।

नरेस्वर ज्ञवाली
काठमाडौँ, ३१ बानेश्वर ।